आज ललितपुरका यी ठाउँमा एक घण्टा बिजुली जाने

काठमाडौँ । आज ललितपुरका विभिन्न ठाउँमा एक घण्टा बिजुली काटिने भएको छ।

नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रका अनुसार ललितपुरका ५ फिडरमा लोड तथा परिर्वतन गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि १ बजेसम्म बिजुली जाने भएको हो।

Advertisement

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल–२ फिडर, इमाडोल–३ फिडर र लुभु फिडरमा लोड परिर्वतन गर्ने केन्द्रले जनाएको छ।

हरिसिद्धि, गोदावरी, हात्तिवन, सरस्वतीटार, ग्वार्को, टिकाथली, लुभु, लामाटार लगाएतका क्षेत्रमा एक घण्टा बिजुली जाने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।

More News last news
Loading...