यौनिक तथा लैंगिक अल्पसंख्यकको विवाहलाई कानुनी मान्यता दिन माग

काठमाडौँ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकको विवाहलाई कानुनी मान्यता दिन ब्लू डाइमण्ड सोसाइटीले माग गरेको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सोसाइटीले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार नेपालको संविधानमा व्यवस्था भएपनि अझै कतिपय विषयहरु कार्यानयनमा आउन नसकेको र सरकार संविधान कार्यानयनमा उदासिन भइरहेको आरोप लगाएको हो ।

Advertisement

‘संविधानमै महिला र पुरुष पछि ‘अन्य’ भनेर राखिनु सुखद् पक्ष’

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका बारेमा संविधानमै महिला र पुरुष पछि ‘अन्य’ भनेर राखिनु सुखद पक्ष रहेको र सरकारले हालसम्म यस समुदायका लागि गरेका कार्यहरु सकारात्मक रहेपनि अझै वढाउदै लैजानुपर्ने एलजिबिटिआईका अनुज पिटर राईले बताए।

युरोप, अमेरिका लगायतका बिकासोन्मुख देशहरुमा समेत यो समुदायका बारेमा प्रभावकारी कार्य हुन नसकेपनि नेपालमा एकपछि अर्को सफलता हात पार्नु यो समुदायको लागि गौरबको कुरा हो उनले भने।

युरोप, अमेरिका लगायतका विकसित देशहरुमा समेत यो समुदायका बारेमा प्रभावकारी कार्य हुन नसकेपनि नेपालमा एकपछि अर्को सफलता हात पार्नु यो समुदायको लागि गौरबको कुरा रहेको उनको भनाइ थियो।

‘नीतिगत तहमा जानबाट रोकिनु दुखद्’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई नीतिगत तहमा जानबाट रोकिनु, विवाहलाई कानुनी मान्यता नदिनु दुखद् भएको ब्लू डाइमण्ड सोसाइटीका सिनियर म्यानेजमेन्ट प्रकाश निरौलाले बताए।

निरौलाले भने, बिवाह भन्ने वित्तिकै महिला–पुरुषबीचको सम्बन्धलाई मात्र मान्यता दिनु, व्यक्ति–व्यक्ति बीचको विवाहलाई मान्यता नदिनु, बिवाह भन्ने वित्तिकै महिला–पुरुषबीचको सम्बन्धलाई मात्र मान्यता दिनु लगायतका नेपालका कानुनहरु परिमार्जन हुनु जरुरी छ।

२०६५ सालमा सर्वोच्च अदालतले यस समुदायका लागि गरेका निर्णयपछि गृह मन्त्रालयबाट जारी गरेका विभिन्न परिपत्र र पछिल्लो समय विभिन्न फर्महरुमा लिङ्ग छनौटमा ‘अन्य’ उल्लेख गर्न थालिनु भने सुखद् भएको निरौलाले बताए।

कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिकता र राहदानी सहजै पाउनुपर्ने, सबै क्षेत्र र संघसंस्थामा खुलेर काम गर्ने प्राबधान मिलाउनुपर्ने लगायतका माग राखेका थिए।

कोरोनाका बेला यौनिक तथा लैंगिक समुदायका १२ जनाद्वारा आत्महत्या

कोरोना भाइरसको महामारीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बेला १२ जनाले आत्महत्या गरेका छन्।

कार्यक्रममा कोरोना भाइरस र लकडाउनकाबीच आफ्नो समुदायका १२ जना व्यत्तिहरुले आत्महत्या गरेको पिटर राइले जानकारी दिए।

उनीहरुमध्ये धेरै जना एक्लोपन र केहि डिप्रेसनका कारणले आत्महत्याको बाटो रोज्न बाध्य भएको कार्यक्रममा सहभागीहरुले बताएका छन्।

 

More News last news
Loading...