स्वाबलम्बन जिवनपद्धती केन्द्र ललितपुरले मन्त्रीलाई अपिल पत्र बुझायो

काठमाडौँ । अमेरिकी जनताको सहयोगमा फेज नेपाल र स्वानलम्बन जिवनपद्धती केन्द्र ललितपुरले बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई अपाङ्गता भएका व्यक्तिका माग पुरा गर्न माग गर्दै अपिल पत्र बुझाएका छन्।

स्वावलम्बन जिवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुमध्ये पुर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरु अझैंपनि घरभित्र रहन बाध्य भयको, सहायक सामाग्रीहरुको अभाव, सहयोगी सेवा, भौतिक संरचना र आवश्यक पूर्वाधार र रोजगारीको अभावमा तड्पिरहनु परेको भन्दै उनीहरुको जीवनस्तर उकास्न प्रदेश सरकारको तर्फबाट सहयोग गरिदिन अपिल गरेको बताए।

Advertisement

अध्यक्ष श्रेष्ठले, अपाङ्गता भएका व्यक्तिहरुको जिवननस्तर उकास्न र सामाजीक दृष्टिकोणमा परिवर्तन ल्याउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तीनै तहको सरकारको महत्वपूर्ण जिम्मेवारी रहेकाले अब बन्ने नीति तथा ऐन कानुनहरुमा अपाङ्गताको सवाललाई राख्न आवश्यक रहेको बताए।

स्वाबलम्बन जिवनपद्धति केन्द्र मनहरी मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बोले पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु समाजमा अपहेलित भई जिउनुपर्ने बाध्यतालाई उजागर गर्दै उनीहरुलाई समुन्नत समाजका नागरिकको हैसियतमा हेर्नुपर्ने बताए ।

कार्यक्रम ब्यबस्थापक शुक्रराज पौडेलले अपिल पत्र बाचन गरेर सुनाएका थिए ।

अपाङ्गता भएका व्यक्तिका सवालमा बागमती सरकार गम्भीर छ : मन्त्री दुलाल

बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

राज्यले दिनुपर्ने सेवा सुविधाहरुमा कुनै कन्जुस्याई नगरी कार्य गरेको र अपाङ्गता सूचना केन्द्र स्थापना गरेर काम गरिरहेको र त्यहाँबाट आउने सुझाबहरुलाई मध्यनजार गर्दै कार्यन्वयनमा विशेष पहल गरेको बताए।

अपाङ्गता लगायत पछाडी पारिएका बर्गहरुको लागि यस मन्त्रालयले अन्य प्रदेशको तुलनामा सकारात्मक भूमिका खेलिरहेको र यहाँहरुको अपिल पत्रमा उल्लेख भएअनुसार कानुन निर्माण गर्दा यी सुझाबहरुलाई समावेश गर्ने प्रतिबद्धता समेत जनाए।

‘साझा सवालमा सबैको सहभागीता हुँदा योजना तर्जुमा, अनुगमन र मुल्यांकन अझै प्रभावकारी’

महिला बालबालिका कार्यालय प्रमुख महिला विकास अधिकृत चन्द्र कुमारी ब्यन्जनकारले अपाङ्गता भएका व्यक्तिहरुको साझा सवालमा सबैको सहभागीता हुँदा योजना तर्जुमा गर्न, अनुगमनर त्यसको मुल्यांकनको आधारमा अझै प्रभाबकारी कार्यक्रम गर्न सहज हुने विचार ब्यक्त गरिन् ।

यस्ता छन् अपिलपत्रका मूख्य बुदाहरु

१) संघीय सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७५ र यसको नियमावली २०७७ समेत स्वीकृत भएको अवस्थामा ऐन र नियमावलीको प्रदेश तहमा सफल कार्यन्वयनका लागि यथासम्भव प्रदेश स्तरीय निर्देशन समिति गठन गरी कार्य गर्न हुन, बाग्मती प्रदेशका अपांगता भएका व्यक्तिहरुका लागि नीति तथा कार्यक्रम तर्जुमा गरी लागु गर्न हुन हार्दिक अपिल गर्दछौं ।

२) संघीय सरकारले मानव निर्मित भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ लागु गरीसकोको भएता पनि प्रदेश तहमा यस सम्बन्धमा खासै प्रगति हुन सकिरहेको छैन । तसर्थ उक्त निर्देशिकालाई कडाइका साथ लागु गर्न सम्बन्धित सवै निकाय र स्थानिय सरकारहरुलाई समेत परीपत्र गरी सहयोग गरीदिनुहुन ।

३) प्रदेशमा रहेका पुर्णअशक्त, अतिअशक्त लगाएत सवै अपांगता भएका व्यक्तिहरुका लागि स्वदेशमा अत्याधुनिक सहायक समाग्री र प्रविधि उत्पादन केन्द्र स्थापना गरी यस क्षेत्रको अध्ययन अनुसन्धान र उत्पादन गरी वितरण गर्ने नीति कार्यक्रम र बजेट तर्जुमा गरी सहयोग गरीदिनुहुन ।

४) प्रदेशमा रहेका पुर्णअशक्त र अतिअशक्त अपांगता भएका व्यक्तिहरुलाई ईच्छाएको समुदायमा नै रहेर स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीबनयापनका लागि दैनिक जीवनमा आवश्यक पर्ने व्यक्तिगत सहयोगी सेवा नीति तर्जुमा गरी स्थानिय सरकार २५ प्रतिशत, प्रदेश सरकार २५ प्रतिशत र संघीय सरकार ५० प्रतिशतको सहयोगमा स्वावलम्बी संस्थाहरु मार्फत सेवा उपलब्ध हुने व्यवस्था मिलाईदिनुहुन अपिल गर्दछौं ।
५) बाग्मती प्रदेशमा अपांगताको क्षेत्रमा कार्यरत स्वावलम्बी संस्थाहरुको पहिचान गरी उनीहरु मार्फत अपांगता भएका व्यक्तिहरु खास गरी पुर्णअशक्त र अतिअशक्त अपांगता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण, दौतरी सहयोग र प्रत्यक्ष सेवा सुविधा उपलब्ध गराउन बार्षिक बजेट विनियोजन गर्न, संस्थाहरुको गतिविधिहरुको अनुगमन निरीक्षण, प्रोत्साहन र दण्ड सजाय सहितको व्यवस्था गरी कार्य गर्न हार्दिक अपिल गर्दछौं ।

६) बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले यस प्रदेशका अन्य मन्त्रालयसँग समन्वय गरी तत् मन्त्रालयले बनाउने ऐन, नीति, नियम कार्यक्रम अपांगता भएका व्यक्तिहरु अनुकुल भए नभएको लेखा जोखा गरी सहयोग गरीदिनुहुन हार्दिक अपिल गर्दछौं ।

More News last news
Loading...