स्याङ्जा पहिरोमा परी एकै परिवारका ९ सहित १० जनाको मृत्यु

एकको जीवितै उद्धार

पोखरा । बिहीबार बिहान स्याङ्जाको वालिङ र कालिगण्डकीमा गएको पहिरोमा परेर एकै परिवारका ९ सहित १० जनाको मृत्यु भएको छ।

वालिङ नगरपालिका १४ तमादीका एकै परिवारका ९ जनाको र कालिगण्डकी गाउँपालिका ४ मा गएको पहिरो परी एक गरी १० जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Advertisement

वालिङ १४ तमागीका एकै परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको हो। त्यस्तै अन्य एक जनाको जीवितै उद्धार गरिएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

More News last news
Loading...