स्याङजाको तमादीमा पहिरो खस्यो

६ जनाको शव फेला, अन्यको खोजिकार्य जारी

पोखरा । स्याङजामा अबिरल बर्षासँगै आएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ। उक्त पहिरोमा परी हराएका अन्य ३ जनाको खोजी कार्य जारी छ । पहिरोमा परेका एक जनाको जिवितै उद्धार भएको छ।

वालिङ नगरपालिका-१४ स्थित तमादीमा एक घर पुरिँदा एकै परिवारका ८ जना सहित १० जना बेपत्ता भएका थिए।

Advertisement

बेपत्ता मध्ये ६ जनाको शव फेला परेको र एक जनाको जिवितै उद्धार गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण ले नयाँ पुस्ता डटकमलाई जानकारी दिए।

पहिरोले अन्य दुई घरमा पनि क्षति पुर्‍याए र ती घरका १३-१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको खाँणले बताए ।

अहिले स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको खोजि गरिरहेको छ ।

More News last news
Loading...