काठमाडौँ उपत्यकामा ६ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा छ सय भन्दा धेरै स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए।

Advertisement

कोरोना अस्पताल, कोरोना परीक्षण गर्ने, होम आइसोलेशन, क्वरेण्टीन, कन्ट्याक्ट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमित भएका उनले बताए।

त्रिवी शिक्षण अस्पताल महाराजगञ्जका मात्रै एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ।

More News last news
Loading...