आजदेखि आईपीएल सुरु, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप–विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ।

Advertisement

मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ।

दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्। मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ।

गएको सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो। कोरोना सङ्क्रमण जोखिमका कारण यसपालिको आईपीएलमा विगतमा जस्तो उद्घाटन समारोह गरिने छैन।

दर्शकबिनाको रङ्गशालामा खेल हुनेछ। आईपीएल ६ महिना ढिला सुरु हुन लागेको हो। यसअघि गएको मार्च २९ मा आईपीएल सुरु हुने भनिएको थियो।

More News last news
Loading...