राजकुमार राना
धादिङ बेसी । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष शिवराज गिरी दिन-रात नभनी आफ्नो वडाको समग्र विकासमा तल्लिन् छन्। आफूँलाई जनताले चुनेर पठाएसँगै आफ्नो ठाउँमा विकासको लहरनै फैलिएको वडाध्यक्ष गिरीको दाबी छ।
वडाध्यक्ष गिरीले आफू अध्यक्ष भएर पहिलो नगर कार्यपालिकाको बैठकमा जाँदा सोही वर्ष फ्रिज भएर जान लागेको रकमलाई आफ्नो वडामा हाल्न लगाई सिरान बजार स्थित अरुण खोलामा वडा नम्बर ३ र ४ जोडने पक्की मोटरेबल पुल निर्माण गरेको बताए ।
आफुँ वडाध्यक्ष भए पश्चात वडामा करोडौँका स्कुल भवनहरु निर्माण भएको बताउँदै वडाध्यक्ष गिरीले भने, “सडक निर्माण तथा स्तरोन्नती, सहकारी भवनहरु, खेलकुदका ग्राउण्ड निर्माण, खानेपानिका कार्यहरु, मरणघाट निर्माण, सामुदायिक भवनहरु तथा लक्षित वर्ग क्षेत्रमा पनि तिब्र गतिमा काम भइरहेका छन्।”
गिरीले आफ्नै कार्यकालमा वडा भित्रै प्रदेश स्तरीय विश्व विधालय निर्माणका लागि (डि.पी.आर) को समेत तयारी भइसकेको पनि बताए।
आफ्नो वडालाई तिर्खा मुक्त वडा बनाउनका लागि वडा स्तरीय बृहत खानेपानी निर्माण बहू बर्षिय योजना पनि यसै बर्ष संचालन हुने र यो बर्ष मात्रै एक करोड १६ लाख ५७ हजार छ सय एघार (१, १६, ५७, ६११) रुपैयाँ छुट्टयाएको र काम छिट्टै सुरु हुने गिरीले बताए।
उनले वडामा आफ्नो पालामा त्यो पनि यसैवर्ष सडक कालो पत्रको कार्य पनि सुरु गर्ने र त्यसका लागि दुई करोड रकम बिनियोजित भई सकेको र त्यो काम टेन्डरका लागि छिट्टै आह्वान गरिने पनि बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
