दोलखामा असोज ७ गतेदेखि विद्यालय खुल्ने

दोलखा । लामो समयदेखि बन्द रहेका दोलखाका विद्यालयहरु आउँदो असोज ७ गतेदेखि खुल्ने भएका छन्।

मङ्गलबार जिल्लाका सबै जनप्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले असोज ७ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

Advertisement

बैठकमा दोलखा जिल्लाका सम्पूर्ण पालिकामा कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजीकरण गर्ने र आधारभूत तथा माध्यमिक तहका विद्यालयहरुमा असोज ७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय भएको हो।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेको अध्यक्षतामा भएको बैठकमा पालिकाका प्रमुखसहित प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

More News last news
Loading...