राजकुमार राना
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा हालसम्म ८७३ जना मानिसको कोरोना भाइरस (कोभिड १९) परीक्षण भएको छ। उक्त परीक्षणमध्ये नीलकण्ठ नगरपालिकामा हालसम्म ८६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमितमध्ये एक जनाको ज्यान गएको छ।
नगरपालिकाले १६९ जना महिला र ७०४ जना पुरुसको पीसीआर परिक्षण गरि सकेको छ भने हिजो (सोमबार) मात्रै ४८ जनाको स्वाब संकलन गरि परिक्षणको लागि काठमाडौँ पठाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजालले नयाँ पुस्तालाई बताए।
रिजालका अनुसार, नगरपालिकाको क्वारेन्टिनमा ६० जना र होम क्वारेन्टिनमा २५ जना रहेका छन् ।
१४ नम्बर वडामा सबैभन्दा धेरै संक्रमित
नीलकण्ठ नगरपालिकाका वडामध्ये सबैभन्दा धेरै १४ नम्बर वडामा सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) संक्रमित फेला परेका छन्। यो संक्रमितको संख्या नगरपाकिलाका वडा मध्ये सबैभन्दा धेरै हो।
हालसम्म उक्त वडामा २६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये एक जना पुरुषको कोरोनाकै कारण ज्यान गएको शाखा प्रमुख रिजालले जानकारी दिए।
यस्तैगरी, नगरपालिकाका अन्य वडाहरुमध्ये वडा नम्बर १ मा ८ जना, २ मा ४ जना, ३ मा १८ जना, ४ मा ४ जना ५ मा ६ जना, ७ मा १२ जना, १० मा १ जना, ११ मा ४ जना, १२ मा २ जना १३ मा १ जना रहेका छन्। रिजालका अनुसार, नगरपालिकाको वार्ड नम्बर ८ र ९ मा भने अहिलेसम्म कुनै पनि कोरोनाका बिरामी छैनन्।
२५ जनासम्म अट्ने आइशोलेसन
नगरपाकिलाका कोरोना नियन्त्रणलाई लक्षित गरेर ६० जना क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ । यस्तै बिरामीहरुलाई स्थानीय तहमै उपचारका लागि २५ जनासम्म अट्ने आइशोलेसन वार्डको पनि ब्यबस्था गरेको छ।

धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा डिभिजन वन कार्यालयको नवनिर्मित भवनमा नीलकण्ठ नगरपालिका, जिल्ला प्रशाशन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको अगुवाईमा कोरोना भाइरस संक्रमण रोक्न क्वारेन्टाइन स्थापना गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
