कास्कीमा ५४ सहित गण्डकी प्रदेशमा एकै दिन थपिए ९१ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कास्की, बागलुङ, तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरमा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमा कास्कीमा ५४ जना, तनहुँमा १८ जना, गोरखामा ९ जना, नवलपुरमा ४ जना, लमजुङमा ३, बाग्लुङमा २ र स्याङ्जाका १ जना रहेका छन् । यो सहित गण्डकीमा संक्रमितको संख्या ३ हाजार ६४ पुगेको छ ।

स्याङ्जा पुतलीबाजार नगरपालिकाकी ८० बर्षीया महिला गण्डकी मेडिकल कलेजमा उपचाररत र पोखरा महानगरपालिका ९ की २६ बर्षीया महिला सोही अस्पतालमा कार्यरत स्टाफनर्श रहेको निर्देशनालयले जनाएको छ ।

पोखरा महानगर २५ का ८ बर्षीया बालिका र १८ बर्षीय पुरुष भारतबाट आएका हुन् । त्यसै गरि लमजुङका तीनै जना भारतबाट आएका व्यक्ती हुन् ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको निर्देशनालयले जनाएको छ ।

More News last news
Loading...