मोटरसाइकल दुर्घटनामा परी क्रिकेट खेलाडी ललित भण्डारी गम्भीर घाइते

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी आइतबार मोटरसाइकल दुर्घटनामा परेका छन्। आइतबार भण्डारीको मोटर साइकललाई कञ्चनपुरको शुक्लाफाटामा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको झलारी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले क्रिकेटर भण्डारी दुघर्टनामा परेका पुष्टि गरे। उनले दुर्घटनापछि भण्डारीलाई उपचारका लागि कैलालीको धनगढी लगिएको जानकारी दिए।

Advertisement

झलारी बजारमा ट्रक र मोटरसाइकल एकआपसमा जुद्धा २ जना घाइते भएका छन्।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटर साइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर-१० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएका हुन। क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ।

More News last news
Loading...