काठमाडौँ । काठमाडौँको वाफलमा समाजसेवी तारावहादुर कुँवरको पहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जिबनदान अभियानको दोस्रो हप्ताको कार्यक्रम बुधबार वाफलमा सम्पन्न भएको हो। सांसद जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २८ जना दाताले रक्तदान गरेका छन्। उक्त रक्तदानबाट २८ पाउण्ड रकत संकलन भएको छ।

चक्रपथ सरसफाइ अभियान २०७१ को अगुवाइमा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ, काठमाडौँ–धौलागिरी, महेश धर्म भूपू विद्यार्थी मञ्च, धुनिबेसी, नेपाल हेभी ईक्युपमेन्ट व्यवसायी महासंघ, नेपाल हेभी ईक्युपमेन्ट व्यवसायी संघ, काठमाडौँ, रोटरी क्लब अफ त्रिपुरेश्वर, नेपाल ट्रिपर व्यवसायी तथा ट्रक व्यवसायी समिति कलंकीको सहकार्य रहेको थियो।
२८ जनाले गरे रक्तदान
सांसद जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २८ जना दाताले रक्तदान गरेका छन्। उक्त रक्तदानबाट २८ पाउण्ड रकत संकलन भएको छ।
रक्तदान कार्यक्रममा ४५ जना सहभागी भएपनि उच्च रक्तचाप, न्यून रक्तचाप र नियमित औषधी सेवन गर्ने केही व्यक्तिहरु आएको भएपनि सबैबाट रगत संकलन गर्न नसकिएको अभियन्ता कुँवरले बताए।

रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छः अध्यक्ष कुँवर
कुँवरले रक्तदाता तथा स्वास्थ्यकर्मी, सन्चारकर्मी लगायत सह आयोजकलाई धन्यवाद दिँदै रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि गरेका हौँ । आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर चलाउने छौँ ।
चक्रपथ सरसफाइ अभियानका संयोजक तथा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तारा बहादुर कुँवरले रक्तदाता तथा स्वास्थ्यकर्मी, सन्चारकर्मी लगायत सह आयोजकलाई धन्यवाद दिँदै रक्तसञ्चार केन्द्रमा रगत अभावले बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम गरिएको बताए।
कोरोनाको त्रास र निषेधाज्ञाकाबीचमा समेत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर गरिएको कार्यक्रमबाट रगत सहज आपूर्ति नभएको र बिरामी प्रभावित भएको अवस्थामा कार्यक्रमले अभाव पूर्ति गर्न मद्दत पुग्ने कुँवरले बताए ।
जनताका समस्या र आवाजलाई सम्बोधनका लागि आगामी दिनमा समेत अप्ठ्यारो अवस्थामा अग्रभागमा रहेर काम गर्ने गरी योजना निर्माण गरिने उनको भनाइ छ।
समाजसेवी कुँवरले कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि आफ्नै व्यक्तिगत तर्फबाट ११ सय भन्दाबढीलार्ई राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए।



![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
