रोनाल्डोको नयाँ कीर्तिमान, अन्तर्राष्ट्रिय खेलमा १०० गोल पूरा

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन्।

यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध जीत हासिल गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले सो उपलब्धि हाँसिल गरेका हुन् । डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो।

Advertisement

पहिलो हाफको अन्त्यमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै पोर्चुगलका कप्तानले उक्त कोशेढुंगा पार गरेका थिए । उनको करियरमा फ्रिकिकबाट यो ५७ औँ गोल थियो।

त्यसपछि दोस्रो हाफमा रोनाल्डोले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल थपे। ८१ मिनेट खेलेका रोनाल्डो विश्वकीर्तिमानबाट अब मात्र ८ गोल टाढा रहेका छन्।

More News last news
Loading...