सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै आउट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालावाज सेमिफाइनलबाटै बाहिरिएको छ।

गएराति भएको खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएसँगै जमैका अन्तिम चारबाटै बाहिरिएको हो। जमैकाले दिएको १ सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो।

Advertisement

उसका लेन्ड्स सिमोन्सले नटआउट ५४ र टिओन वेब्स्टरले नटआउट ४४ रन बनाए । सन्दीपले ४ ओभरमा २९ रन दिएर कुनै विकेट लिन सकेनन्।

यो सिजन सन्दीपले ११ विकेट लिए। ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ।

More News last news
Loading...