लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी तालिम सम्पन्न

काठमाडौँ । लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।

कोअलिसन अलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, प्रा. लि. (सिट्रेड) ले आयोजना गरेको तालिमको उदेश्य लैंगिकता, सामाजिक मुल्य मान्यता र लैंगिक हिंसाका बारेमा सहभागीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो ।

Advertisement

तालिममा लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी रहेर (लैंगिकता र लिङ्ग) लैङ्गिक हिंसा र यसका प्रकारहरू, लैंगिक विभेदका कारणहरू, लैङ्गिक हिंसालाई बढावा दिने सामाजिक संस्थाहरु, यसका परिणामहरु, सामाजिक मुल्य मान्यता र प्रकार, सिदान्त, सामाजिक अपेक्षाका प्रकारहरु, जेण्डरको सामाजिक बनोट, सामाजिकीकरण, सामाजिकीकरण र पुरुषत्व, पितृसत्ता र सामाजिक संरचना, पुरुषत्वको चक्र आदि को विषयमा सहभागीलाई अभिमुखीकरण प्रदान गरिएको थियो।

कोभिड १९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन (जुम) मा गरिएको उक्त तालिममा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापा र सामाजिक मुल्य मान्यतासम्बन्धी विज्ञ निर्मला महर्जनले लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धीका बारेमा प्रस्तुतिकारण दिएका थिए।

स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू, अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास, तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार (आईईसी) विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिँदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएको र यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्ने आयोजक टिमले जनाएको छ।

अन्तरक्रिया कार्यकम्रमा विभिन पेसाकर्मी, बाल अधिकारकर्मी, अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो र आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी, तालिम लगायत क्रियाकलापहरु संचालन गर्दैजाने सिट्रेडका अध्यक्ष शुक्रराज पौडेलले बताए।

उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा नयाँ पुस्ता डटकम र सबल पोस्ट डटकम रहेका थिए ।

More News last news
Loading...