बाटुली पोखरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चिवतन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव आज दिउँसो भेटिएको हो।

Advertisement

उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ। घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए।

घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए।

More News last news
Loading...