समाजसेवी तामाङको पहलमा ‘कोही भोको नरहुन’ अभियान फेरि सुरु

काठमाडौँ । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले सर्वसाधरणको दैनिकी अस्तव्यस्त बनाएको छ।

मानिसहरु बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्थामा पुगेका छन् तर एउटा सामाजिक संस्थाले भने केही राहत प्रदान गरेको छ।

Advertisement

कल्याणकारी स्वयंसेवक संघ नेपाल तथा नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) संस्थाका अध्यक्ष युवा समाजसेवी अक्कल तामाङको विशेष पहलमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ‘कोही भोको नरहुन्’ अभियान फेरि सुरु भएको छ।

अभियानले सेन्ट जोन स्कुलमा अध्ययनरत विद्यार्थीहरुका परिवारलाई राहत सामग्री वितरण गरेको छ।

यो अवस्थामा कसैलाई पनि असहज अवस्था नआओस् भनेर वडाध्यक्ष सुमन तामाङको उपस्थितिमा १ सय ५० परिवारलाई राहत स्वरुप १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल लगायतका सामग्री प्रत्येक परिवारलाई वितरण गरिएको तामाङले जनाए।

उनले यो अभियानलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । यो अभियान यसअघि बुढानिलकण्ठका विभिन्न वडामा सञ्चालन गरिएको थियो।

तर नगरपालिकाको एकद्वार प्रणालीअनुसार मात्रै राहत वितरण गर्न पाउने निर्णयले यो अभियान रोकिन पुगेको थियो।

तर अहिले आएर निषेधाज्ञाको कारण धेरै नागरिकको जनजीवन संकटपूर्ण भएको समाचार सार्वजनिक भएपछि आफूहरु फेरि सक्रिय भएको तामाङको भनाई छ।

More News last news
Loading...