पुतलीबजार । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी केही व्यक्ति नेपाली काँग्रेस प्रवेश गरेका छन्।
पुतलीबजार नगरपालिका–६ मा तत्कालिन एमालेबाट विजयी वडा सदस्य कमल बहादुर सुनार, नेकपा कै पदम बहादुर बोहरा, टक्सार सेवा समाजका उपाध्यक्ष बौद्धिक ब्यातित्व तेज भक्त पौडेल लगायतका युवाहरु नेपाली काँग्रेस प्रवेश गरेका हुन्।
उनीहरुल्े नेकपाले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै काँग्रेसमा प्रवेश गरेका हुन्।
काँग्रेस प्रवेश गर्नेहरुलाई संविधान सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि राजु थापा, काँग्रेस नेताहरु तुलसिराम रेग्मी, बुद्धिमान शाही, इस्वर खाँण, भरत लम्साल, कुम ब गुरुङ, राजकुमार केसी, इश्वर सुवेदी लगायतले स्वागत गरेका थिए।
नेपाली काँग्रेस पुतलीबजार–६ का सभापति एवं वार्ड अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गर्नेको संख्या बढ्दै गएको छ। केही दिन अघि मात्रै निषेधाज्ञाकैबीच बाजुरामा झण्डै २०० परिवार नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
