सरकारको रबैयाबाट आजित भएको भन्दै बाजुरामा नेकपाका २०० कार्यकर्ता काँग्रेसमा प्रवेश

बाजुरा । बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि करिब २०० परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

वर्तमान दुई तिहाईको सरकारको रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर त्रिबेणीमा चलेको छ।

Advertisement

केही दिन अघि मात्र त्रिबेणि नगरपालिका २, ४ मा सयौंको संख्यामा काङ्ग्रेस प्रवेश भएका थिए। नेपाली काङ्ग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलको नेतृत्वमा त्रिबेणि नगरपालिका ६ मा नेकपा परित्याग गरि २०० घरपरिवारका सक्रिय नेता,कार्यकर्ता नेपाली काङ्ग्रेस पार्टिमा प्रवेश गरेका छन्।

एक कार्यक्रमका बीच नवआगन्तुकलाई स्वागत गर्दै नेपाली काँग्रेस बाजुराका रावलले भने, जीवन रहुन्जेल रुख रोप्नेछु,रोप्दैछु, बिश्वास गर्नुहोस, काँग्रेस ढल्न दिने छैन। भत्कन दिने छैन, त्रिबेणि जस्तै सिङ्गो बाजुरा काङ्ग्रेसको किल्ला बनाउछु।

आफू नेतृत्वमा भए काँग्रेसका कुनै पनि कार्यकर्ताले कहि कतैबाट असुरक्षित महसुस गर्ने दिन नआउने पनि उद्घोष गरे। आफूलाई अहिले पद भन्दा बढी संगठनको ठुलो चिन्ता रहेको र काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना, मनोआकांक्षा लाई आत्मसात गर्दै अघि बढ्ने बताए।

कोरोना महामारीले, बाढी पहिरोले घर, खेतबारी र सडक बगाउदासम्म पनि नेकपाको दुईतिहाई बहुमत सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको स्पस्ट पारे ।

More News last news
Loading...