स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ मा रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना कहरमा पनि आफ्ना शेयर सदस्यहरूलाई विभिन्न सेवाहरू प्रदान गरेको छ।
संस्थाले कोरोना भाईरस सम्वन्धी सदस्यहरुमा सचेतना कार्यक्रम सञ्चालन, सदस्यहरुलाईमिति २०७६ चैत्र महिना देखि २०७७ असार मसान्त सम्म करिव १४ लाख व्याज छुट प्रदान गरेको थियो।
यही अबस्थालाई मध्यनजर गर्दै सदस्यहरुलाई निशुल्क मोवाईल बैकिङ्ग सेवा प्रदान गरेको तथा स्याङ्गजा जिल्लामा रहेका ११ स्थानीय तहलाई समेत रु २ लाख राहत प्रदान गरिसकेको छ।
संस्थामा आबद्ध सदस्यहरुको सुरक्षाका निम्ति २५ प्रतिशत संस्था र ७५ प्रतिशत सदस्य स्वयमको लगानीमा कोरोना विमा कार्यक्रम सञ्चालन गरि सदस्यहरूलाई कोरोना बिमा गरिरहेको छ ।
सूर्योदय साकोसले आफ्ना सदस्यहरूलाई राम्रो सेवा दिईरहेको जिल्ला को नमुना संस्थाका रूपमा आफ्नो पहिचान बनाएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
चालू आर्थिक वर्षको भाद्र १६ गते देखि लागु हुने गरी पून सदस्यहरुले लिएको ऋणमा पाकेको व्याजमा ५ प्रतिशत व्याज छुट प्रदान गर्ने निर्णय समेत गरेको छ।
संस्थामा ७ हजार शेयर सदस्यको ५ करोड ४१ लाख शेयर पुजी ४३ करोड ३४ लाख बचत र ५८ करोडको कारोबार भएको संस्थाले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
