गोरखामा भदौ १ गतेदेखि जारी निषेधाज्ञा हट्यो

गोरखा । गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ। भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ।

आफ्नै प्रयोजनका लागि निजी गाडी चल्न थालेका छन्। ती गाडीमा चालकसहित तीन जनाभन्दा बढी यात्रु राख्न भने नपाइने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

Advertisement

त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन्।

कोभिड-१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो।

अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए।

छिमेकी जिल्ला तनहुँ, चितवन र धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि गोरखामा भदौ १ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

More News last news
Loading...