काठमाडौँ-१४ मा कोरोना नियन्त्रण र रोकथामबारे बृहत्त छलफल

कलंकी । काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को पहलमा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका सम्बन्धमा बृहत्त छलफल भएको छ।

कोरोना नियन्त्रण र रोकथामबारे भए गरेका काम र आगामी योजनाका सम्बन्धमा स्वस्थ्य सेवा विभागका महा निर्देशक डा. दिपेन्द्र रमण सिंह, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचन, विभिन्न संस्थाका प्रतिनिध र सामाजिक अभियन्ताहरुबीच छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

शुक्रबार, काठमाडौँ-१४ को नयाँ वडा भवन भुवनेश्वरी मन्दिरमा भएको उक्त कार्यक्रम निकै उपलब्धिपूर्ण रहेको र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको वडाध्यक्ष शोभा सापकोटाले नयाँ पुस्तालाई बताइन्।

More News last news
Loading...