CPL: सन्दीप लामिछानेको जमैका तालवाज ३७ रनले विजय

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ।

बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो।

Advertisement

जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो। जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ।

जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए। यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २–२ विकेट लिएका छन्।

सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन्।

More News last news
Loading...