वडाको पहलमा सोमबारबाट जनमैत्री अस्पतालमा कोरोना उपचार सुरु हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ को आग्रहमा बालाजुको जनमैत्री अस्पतालमा कोरोना भाइरसको उपचार सुरु हुने भएको छ।

वडाध्यक्ष मुकुन्द रिजालले वडाको पहलमा नै सोमबारबाट सेवा सुरु हुन लागेको बताए। ‘संक्रमितको व्यवस्थापनमा केही सहज गर्न सकिन्छ कि भनेर पहल गरेका थियौं, अस्पतालमा सेवा सुरु गर्ने भएपछि निकै आशा पलाएको छ’ उनले भने।

Advertisement

साउन ३२ गते वडाले कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रलाई अस्पताल सञ्चालन गर्न अनुरोध गर्दै पत्र पठाएको थियो। सरकारले केही दिनअघि योसहित अन्य दुई अस्पताललाई कोरोना रोकथाम र उपचार गर्न अनुमति दिएको थियो।

वडाकै बालाजुमा रहेको यो अस्पतालमा सबै सुविधाले उपयुक्त भएकाले पनि अस्पताल सञ्चालन गर्नुपर्ने वडाध्यक्ष रिजालले बताए। साउन २९ गते अस्पतालका सञ्चालकलाई पत्र लेख्दै वडाध्यक्ष रिजालले सञ्चालनका लागि सहज वातावरण मिलाइदिन आग्रह गरेका थिए।

वडाले आवश्यक सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशसन कार्यालय काठमाडौं, काठमाडौँ महानगरपालिकाका साथै सम्वन्धित अन्यलाई पनि अनुरोध गरेको छ।

More News last news
Loading...