पोखरामा थप एक कोरोना सङक्रमितको मृत्यु

पोखरा । पोखरामा आज थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ।

मृत्यु हनुेमा पोखरा महानगर पालिका वडा नं १६ का ५२ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको हो।

Advertisement

प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेका मृतकको श्वास प्रस्वासमा रहेको अस्पतालका निर्देशक सह प्रा. डा. अर्जुन आचार्यले बताए।

उनमा श्वास प्रस्वासमा समस्या भएपछि आज नै अस्पताल भर्ना भएका थिए । उनको आज दिउसो १२ः१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतकमा कोभिड १९ सङ्गै हाइपरटेन्सन, डाएवेटिज लगाएतका स्वास्थ्य समस्या रहेको निर्देशक आचार्यले बताए । कोभिड १९ का कारण स्वास्थ्य प्रतिष्ठानमा मृत्यु हुनेको सँख्या ६ पुगेको छ।

More News last news
Loading...