चीनले तोक्यो कोरोना विरुद्धको खोपको मूल्य, कति पर्छ नेपाली रुपैयाँ ?

काठमाडौँ । चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकेको छ।

सिनोफार्मले तोकेअनुसार कोरोनाविरुद्धको खोपको मूल्य एक सय ४० डलर (झण्डै नेपाली १५ हजार रुपैयाँ) पर्नेछ।

Advertisement

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो।

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो।

More News last news
Loading...