हिरासतभित्रै १० जनामा कोरोना, प्रहरी त्रसित

रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा १० थुनुवामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालयले प्रहरी हिरासतमा रहेका१० जना थुनुवामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।

Advertisement

जिल्ला प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले पनि थुनुवामा कोरोना पुष्टि भएको जानकारी दिए। थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालयमा त्रास उत्पन्न भएको छ।

थुनुवामा रहेका बाँकी र संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेको समेत उनले बताए।

More News last news
Loading...