दाङ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुर र स्वास्थ्य चौकी सिल गरिएको छ।
तुलसीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सात दिनसम्म कार्यालय सिल गरिएको नगर प्रमुख घनश्याम पाण्डेयले जानकारी दिए।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ।
स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि कार्यालय सिल गरिएको प्रमुख पाण्डेयले बताए ।
समुदायस्तरमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि तुलसीपुर उपमहानगरपालिकाको बुधबार बेलुकी बसेको आपत्कालीन बैठकले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।
नगरप्रमुख पाण्डेले समुदायमा कोरोना परीक्षणको तत्काल प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै सङ्क्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
