मेयर शाक्यद्वारा निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन अपील

काठमाडौँ । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन्।

सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गरेका हुन्।

Advertisement

उनले अत्यावश्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निष्कन समेत आग्रह गरे।

त्यस्तै कोभिड १९ को संक्रमण जीवित रहेको अवस्थामा कोहीपनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोहीपनि व्यक्ति काठमाडौँ नआइदिन समेत अनुरोध गरेका छन् ।

पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उनले बताए ।

केही पनि व्यक्तिको कोरोनाका मृत्यु नहुने र सरकारले मृत्यु हुन नदिने समेत प्रमुख शाक्यले प्रतिबद्धता व्यक्त गरे ।

More News last news
Loading...