काठमाडौँ । थानकोट प्रहरीले ९ किलो ३५० ग्राम चरेससहित धादिङ गजुरी गाउँपालिका–८ की एक युवतीलाई बलम्बुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोटको विशेष अप्रेशनमा चन्द्रागिरि नगरपालिका–१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो।
बलम्बुमा डेरा गरी बस्दै आएकी थिङलाई ९ केजी चरेससहित पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले पुष्टि गरे।
उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठले बताए । थिङले चरेस खाटमुनि जेब्रा झोलामा लुकाएर राखेकी थिइन्।थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
