बैतडी । सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन्।
देहीमाण्डौँ–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
पाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा आज खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको हो।
उनले भने, “खेल्नका लागि सडकमा जम्मा भएका पाँच/६ जनामध्ये एक जना पहिला खाल्डोमा गएका रहेछन्, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
