कास्कीको रुपा गाउँपालिका भदौ ८ गते सम्मका लागि सील

पोखरा । कास्कीको रुपा गाउँपालिका भदौ ८ गते सम्मका लागि सील गरिएको छ।

कास्कीमा केही दिन यता (कोभिड–१९) को सक्रमण बढ्दै गएकाले जोखिम न्युनीकरण गर्न गाउँपालिका सील गर्नुपरेको गाउँपालिका स्रोतले जनाएको छ।

Advertisement

रुपामा पोखरा लगाएत स्थानबाट गाउँपलिका भित्र निर्वाधरुपमा चलेका सार्वजनिक यातायतका कारणले पनि कोरोनाको जोखिम उच्च रहेको भन्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले जनताको स्वास्थ्को सवालमा सजग भइ सील गर्ने निर्णय गरेको बताएका छन्।

रुपा गाउँपलिकामा अहिले पनि विदेश तथा अन्य ठाउँबाट आएका २८ जना क्वारेन्टिनमा बसिरहेका छन् भने गाउँपालिकामा संक्रमित सबै ११ जना निको भएर घर फर्किसकेका छन्।

More News last news
Loading...