जनमैत्री अस्पताल तत्काल संचालन गर्न वडा अध्यक्ष रिजालद्वारा अस्पताललाई पत्राचार

काठमाडौँ । जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न वडा कार्यालयद्वारा अस्पताललाई पत्राचार गरेको छ।

जनमैत्री अस्पताल तत्काल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई पत्राचार गरेको हो।

Advertisement

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणको जटिल परिस्थितिमा नेपाल समेत जोखिममा परेको हालका दिनहरुमा काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिका वडा न १६ भित्र समेत कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ।

सोही क्रममा संक्रमण बढ्दै जादाँ संक्रमितहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन समेत कठिन हुने सम्भावना रहेको आजको जटिल परिस्थितिमा का म न पा १६ मा रहेको जनमैत्री अस्पताल आजको दिनमा बन्द रहेको हुदाँ तत्काल अस्पताल संचालन गरी सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिका वडा न १६ वडा कार्यालयले अस्पताललाई अनुरोध गरेको हो।

आम जनतामा पर्न जाने असुविधालाई ध्यानमा राख्दै तत्काल अस्पताल संचालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनमा सहजीकरण गर्न वडा कार्यालयले आग्रह गरेको छ।

साथै, अस्पताल संचालन गर्ने क्रममा कुनै पनि समस्या उत्पन्न भएको खण्डमा काठमाडौँ महानगरपालिका, वडा न १६ वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध हुने वडा अध्यक्ष मुकुन्द रिजालले बताए ।

More News last news
Loading...