काठमाडौँ । काठमाडौँको चुच्चेपाटीमा एक जनाले घरायासी विवाद हुँदा श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेका छन्।
तारपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएको प्रहरीले जनाएको छ । मदिरा खाएका उनले बिहीबार राति श्रीमतीमाथि आक्रमण गरेका हुन्।
आपसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई सो तेलले हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने, ‘श्रीमती र छोरीलाई तारपिन तेल प्रहार गरेको देखियो। थप अनुसन्धान भइरहेको छ।’
उक्त केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको छ। हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले तारपिन तेल प्रहार गरेको र उनलाई नियन्त्रणमा लिएको एसएसपी ज्ञवालीले बताए।
यसअघि, साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
