पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।

Advertisement

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो।

More News last news
Loading...