आज निवेदन दिनुस्, पास लिन भोलि जानुस्

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ।

कार्यालय परिसरमा मानिसको अत्यधिक भिड हुन थालेको र सार्वजनिक निकायका व्यक्तिहरुमा समेत कोभिड–१९ देखिन थालेकाले भिडभाड रोक्न र सामाजिक दुरी कायम गर्न नयाँ व्यवस्था गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

Advertisement

बिहीबार मात्रै देशैभर तीन सय ६० जनामा कोरोना देखिएकोमा उपत्यकाका मात्रै ८७ जना छन्।

अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाडौँ प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने तथा त्यसको भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने हुन्छ।

निवेदन दिएर त्यही दिन पास लिन कुर्दा मानिसको भिडभाड बढी हुने भएकाले त्यस्तो व्यवस्था गरिएको जनाइएको छ।

More News last news
Loading...