काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।
मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
बुधबार देशभरमा २१० जनामा कोरोना संक्रमण देखिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
