पोखरा । पोखरा महानगरपालिकाका ११ जना वडाध्यक्षले महानगरपालिका भ्रष्टाचारको अखडा भएको आरोप लगाएका छन् ।
लगातार एकपछि अर्को गर्दै भ्रष्टाचारको घटना सार्वजनिक भएपछि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले ठेक्कापट्टामा अनियमितता भएको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले मेयर मानबहादुर जिसीले नै भ्रष्टाचारलाई रोक्नतिरभन्दा भ्रष्टाचार गर्नेलाई प्रश्रय दिएको जिकिर गरे । वडाध्यक्षहरुले पछिल्लोपटक पोखरा रामघाटको ठेक्का सम्झौतामा अनियमितता भएको बताएका छन्

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
