कलंकीस्थित नेशनल अस्पतालमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौँ । कोरोना भाइरस (कोभड १९) को त्रासकाबीच कलंकीस्थित नेपाल नेशनल अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

उपत्यकामा भएको रगतको अभावलाई मध्यनजर गर्दे शनिबार बिहान रोट्याक्ट क्लब अफ नेपाल नेशनल अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ७५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समिर शर्माले नयाँ पुस्ता डटकमलाई बताए।

कार्यक्रममा नेपाल नेशनल हस्पिटलका मेडिकल डाईरेक्टर डा. प्रकाश पौड्याल, कलंकी युथ क्लबका अध्यक्ष सूर्य नारायण शर्मा (सुरु), महानगरीय प्रहरी प्रभाग, कलंकीका प्रहरीहरु, नेपाल नेशनल हस्पिटलका कर्मचारीहरु, रोट्याक्ट क्लब अफ नेपाल नेशनल हस्पिटलका सदस्यहरु तथा स्थानीय वासिन्दाले रक्तदान गरेका थिए।

 

 

 

 

More News last news
Loading...