पहिरो खसेर गोरखाको फुजेलमा एक महिलाको मृत्यु

पोखरा । अविरल वर्षासँगै खसेको पहिरोमा परी गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलमा एक महिलाको मृत्यु भएको छ । घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी ३४ वर्षीया लक्ष्मी गुरूङको पहिरोमा पुरिँदा मृत्यु भएको हो।

सोमबार बिहान फुजेलको कौदीमा पहिरोमा परी स्थानीय लक्ष्मी गुरुङ्गको मृत्यु भएकोजिल्ला प्रशासन कार्यलय गोरखाले जनाएको छ ।

Advertisement

सडक भासिएर गोठमाथिबाट खसेको पहिरोमा पुरिएर गुरुङको मृत्यु भएको स्थानीय दिपक गुरुङ्गले जानकारी दिए । पहिरोमा ४–५ वटा बाख्रा पुरिएको गुरुङले बताए । गोठ पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

More News last news
Loading...