काठमाडौँ । नेपाल टेलिकम वर्कर्स यूनियन, काठमाडौँ क्षेत्रिय समितिले यूनियनको २९ औँ स्थापना दिवसको पूर्व सन्ध्यामा वृक्षारोपण गरेको छ । यूनियनले आगामी साउन ६ गते पर्ने २९ औँ स्थापना दिवसका अवसरमा जोरपाटी स्थित नेपाल टेलिकमको हाता भित्र वृक्षारोपण गरेको हो।
यूनियनका क्षेत्रीय अध्यक्ष अचुत कुमार ओझाको अध्यक्षतामा भएको कार्यक्रममा वर्कर्स यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद जोशीले सामाजिक उतरदायीत्वमा सँधै अगाडि रहेको यस यूनियन कार्यथलोमा स्वच्छ हावामा काम गर्ने वातावरण निर्माण गर्न सँधै लागि पर्ने बताए।

अध्यक्ष जोशीले खाली जमिन खेर खाली ठाउँमा व्यवस्थापनले वृक्षारोपण र बगैँचा निर्माणमा ध्यान दिनुपर्ने सुझाब दिए । साथै कम्पनीमा केही चुनौति रहेको र त्यसलाई जित्न व्यवस्थापन वा यूनियन एक्लै दौडिएर सम्भव नहुने बरू व्यवस्थापनले यूनियनलाई आफ्ना वाचा पूरा गरेर साथमा सँगै लिगेर अगाडि बढ्नु उपयुक्त हुने भन्दै यूनियनले कम्पनी र कर्मचारी हकहितका लागि कठोर निर्णय लिनुको विकल्प नरहेको बताए।
‘आज जे रोप्छौ भोली त्यही फल्ने हो , अम्बा रोपेर कागती फल्दैन’
कार्यक्रमका सभापति अचुत ओझाले वृक्षारोपन मानवीय र पर्यावरणीय दुवै हिसाबले पवित्र कार्य भएको र यसले मानिसलाई सुन्दर जिवनयापनको लागि स्वच्छ हावा पानी र हरियाली प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई यूनियनले सदा निरन्तरता दिने बताए।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अध्यक्ष ओझाले आगामी दिनमा हुने कार्यक्रमहरूमा समेत सहभागीताको लागि अनुरोध गरेका छन् । ओझाले आज जे रोप्छौ भोली त्यही फल्ने हो । अम्बा रोपेर कागती फल्दैन । यसैले व्यवस्थापनलाई विवाद र विभेदको बिरुवा कम्पनीमा नरोप्न र नहुर्काउन अनुरोध गर्दै यस्ता विष वृक्षको अन्त्यका लागि वर्कर्स यूनियनले आन्दोलन गर्नुको विकल्प छैन ।

जुन कम्पनी र व्यवस्थापन दुवैको स्वास्थ्यको लागि राम्रो हुने छैन । यसैले व्यवस्थापन आफ्ना गल्ती सच्याएर आउनुको कुनै विकल्प नरहेकाले तत्काल आफुमा सुधार गर्न चेतावनी दिए । कार्यक्रम संयोजन तथा संचालन सह–सचिव लक्ष्मी लामिछानेले गरेकी थिईन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
