खुल्यो बुटवल–पाल्पा सडक

काठमाडौँ । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड खुलेको छ ।

पाल्पाको तानसेन नगरपालिका ८ गौडेपुलमा ठूलो ढुङ्गासहित पहिरो खसेपछि शुक्रबार बिहानदेखि बुटवल–पाल्पा सडक बन्द भएको थियो।

Advertisement

बाटो खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गमा पर्ने गौडेपुलमा ठूला ढुङ्गासहितको पहिरो गएपछि बिहान साढे ५ बजेदेखि सडक बन्द भएको थियो ।

More News last news
Loading...