हतारमा निर्माण गरिदै कोरोना भ्याक्सिन, उल्टै निम्तन सक्छ जोखिम

कोरोना भाइरसको भ्याक्सिनका विषयमा विश्वभर विभिन्न अनुमान लगाइएको छ। मानिसहरुलाई आशा छ कि कोभिड–१९ भ्याक्सिनले मास्क र सामाजिक दूरीको आवश्यकतालाई समाप्त गर्नेछ र उनीहरु पहिले जसरी नै सामान्य जीवनमा फर्कनेछन् । संसारभरका वैज्ञानिक चाडोभन्दा चाडो भ्याक्सिन बनाउने दौडमा छन् । यद्यपी, स्वास्थविद्हरु यो हतारोलाई लिएर चिन्तित पनि छन्।

हतार गर्नु ठिक छैन
विज्ञहरुको चेतावनी छ कि समयभन्दा पहिले भ्याक्सिन रिलिज गर्दा फाइदाभन्दा धेरै घटना हुनसक्छ । १९५५ मा पोलियोको साल्क भ्याक्सिन बनाउन हतारो गरिएको थियो, तर यसको राम्रो परिणाम आएन । भ्याक्सिन निर्माणमा भएको ठूलो गडबढीका कारण ७० बच्चा दिव्यांग भए, १० हजारको मृत्यु भयो।

Advertisement

राजनीतिक दबाब ठिक होइन
एनवाईयु ल्यागोन मेडिकल सेन्टर एन्ड बेलब्यु हस्पिटलमक पिडियाट्रिक रेसिडेन्टर डाक्टर ब्रिट ट्रोजनका अनुसार कोरोना भाइरस भ्याक्सिनसँग हुने यस्तै घटनाले मानिसहरुमा भ्याक्सिनको विकासबारे शंका बढाउनसक्छ । यसले डाक्टरहरुप्रति भरोसा कम हुनसक्छ।

ट्रोजनका अनुसार हरेक मानिसले भ्याक्सिनलाई सुनको टुक्रा जसरी चाहेका छन्, जसले हामीलाई यस संकटबाट निकाल्नेछ । तर, वैज्ञानिक रुपमा तयार हुनअघि भ्याक्सिन सार्वजनिक गर्नका लागि दिइने राजनीतिक र मानिसहरुको दबाबले गम्भीर परिणाम निम्त्याउनसक्छ।

भ्याक्सिनको असरको चिन्ता
विज्ञहरु भ्याक्सिन प्रभावकारी हुने आशालाई लिएर पनि चिन्नित छन् । कुनै पनि भ्याक्सिनले बिरामीलाई १ सय प्रतिशत ठिक गर्दैन, जस्तो फ्लुको भ्याक्सिन लगाएपनि केही व्यक्ति बिरामी हुनसक्छन् । भ्याक्सिन विकासमा विश्वकै अग्रणी डाक्टर पाल ए ओफिटका अनुसार परीक्षण भइरहेका भ्याक्सिनमध्ये केहीले धेरै गम्भीर संक्रमणका मामिला रोक्नका लागि सहयोग गर्नसक्छन् । यहाँसम्म कि गम्भिर रोग रोक्नका लागि ५० प्रतिशत प्रभावकारी हुने भ्याक्सिनलाई पनि स्विकार्न सकिन्छ ।

थोरैमा परीक्षण पर्याप्त होइन
यो बुझ्न हुँदैन कि शंकास्पद मानिसमा यसले एन्टीबडी प्रतिक्रिया पैदा गर्छ वा सयौं भेन्टिलेटर्समा यसको कुनै दुष्प्रभाव देखिने छैन । जबसम्म भ्याक्सिनलाई लाखौं मानिसमा परीक्षण गरिदैंन, तबसम्म डाक्टरले यो भन्न सक्दैंनन् कि यो सुरक्षित र प्रभावकारी छ या छैन । सामान्य अवस्थामा यो प्रक्रिया पूरा हुन वर्षौ लाग्नसक्छ ।

यद्यपी, यो अवस्था सामान्य होइन, त्यसैले कोरोना भाइरसको भ्याक्सिन परीक्षण महिनामा आइपुग्यो । यस्तोमा गल्ती हुने जोखिम धेरै बढेको छ । यद्यपी, नेशनल इन्स्टिच्युट अफ हेल्थका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सका अनुसार मानिसहरुलाई प्रभावकारी भ्याक्सिन दिने हतारोमा हामी सुरक्षासँग सम्झौता गर्न सक्दैनौं।

यसरी भ्याक्सिन तयार हुन्छ
सम्भावित भ्याक्सिनलाई ल्याबमा त्यस्ता जनावरहरुमा परीक्षण गरिन्छ, जो सामन्यत कोभीड–१९ ग्रस्त हुन्छन् । उनीहरुलाई बिरामी हुनबाट रोक्न सकिन्छ कि भनेर हेर्नका लागि यस्तो गरिन्छ । यसलाई ‘पु्रफ अफ कन्सेप्ट’ भनिन्छ, यसबाट भ्याक्सिनले काम गर्न सक्छ या सक्दैंन भनेर पत्ता लाग्छ ।

यसपछि फेज १ र २ को परीक्षणमा सायद १ सयदेखि १००० मानिसमा परीक्षण गरिन्छ । सोधकर्ताले भ्याक्सिन सुरक्षित छ या छैन भनेर खोजी गर्छन् । यसपछि सबैभन्दा राम्रो नतिजाका लागि अर्को भ्याक्सिन डोजको परीक्षण गर्छन् ।

त्यसपछि ठूलो परीक्षण अर्थात् फेज ३ आउँछ । यस प्लेसबो कन्ट्रोल्ड ट्रायल्समा लाखौं मानिसमा भ्याक्सिनको सुरक्षा र प्रभाव परीक्षण गरिन्छ । यसक्रममा यो परीक्षण पहिलेदेखि नै संक्रमणको हटस्पट बनेको वा सम्भावित हटस्पट इलाकामा गरिन्छ । यो परीक्षण यस विषयमा भरपर्छ कि यस गर्मिमा जहाँ परीक्षण गर्नुपर्ने छ, त्यहाँ भाइरस कसरी फैलिएको छ । यो भ्याक्सिनले रोगलाई कसरी राम्रो तरिकाले रोकेको छ , यो विषय पत्ता लगाउन पनि महिनौं वा वर्ष पनि लाग्न सक्छ।

डाक्टर ओफिटका अनुसार परीक्षणमा देखिएको इम्युन रेस्पोन्स वास्तविक दुनियाँमा सुरक्षित छ या छैन भनेर जान्ने यो एकमात्रै तरिका हो । यदी गर्मीमा सानै रोग आयो भनेपनि दुख हुनसक्छ । हामीले त्यतिबेलासम्म मानिसहरुलाई भर्ति गरिरहनुपर्छ, जबसम्म प्लेस्बो ग्रुपमा भ्याक्सिन लगाएका मानिसको तुलनामा उनीहरु पर्याप्त बिरामी हुँदैनन् ।

यसरी स्वीकृत हुन्छ

डाक्टर ओफिटको आशा छ कि भ्याक्सिनलाई ठूलो रुपमा प्रयोग गर्नका लागि यो ७० प्रतिशत प्रभावकारी हुन जरुरी छ। हामीले आउन केही महिनासम्म यो थाहा पाउँदैंनौकी इम्युनिटी कति लामो चल्नेछ ।

भ्याक्सिनलाई त्यतिबेला नै स्विकार गरिनेछ, जब यो यो भ्याक्सिनले धेरै होइन, बरु केही गम्भिर बिरामीहरु र ती संक्रमितलाई रोग लाग्नबाट रोक्नेछ, जसमा लक्षण देखिएको छैन । अमेरिकी सरकारको ‘अपरेशन वारर्प स्पिड’ अन्तर्गत उद्योगहरुले प्रभावकारी भ्याक्सिनको करोडौं डोज बनाउने तयारी गरिरहेका छन्, ताकि यदी एक वा दुईवटा भ्याक्सिनले स्विकृती पायो भने त्यसलाई बजारमा पठाउन ढिलाई नहोस् ।

यही तरिका १९५० को दशकमा साल्क भ्याक्सिन बनाउन अपनाइएको थियो । अब, कोभीड भ्याक्सिनका विकासकर्ताहरु हतारोका कारण भएका गल्तीबाट बच्ने कोसिस गर्दैछन् ।

More News last news
Loading...