काठमाडौँ । दिगो विकास कार्यन्वयनको अवस्था र यसको चुनौतीको बिषयमा नागरिकस्तरबाट निर्माण गरिएको स्वेच्छिक राष्ट्रिय पुनरावलोकन( भिएनआर) प्रतिवेदन युवाहरुले आज राजधानीमा राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरेका छन ।
१२० पेजको प्रतिवेदन बुझ्दै युवाहरुको सरोकार र आवाजलाई सरकारले निर्माण गर्ने स्वेच्छिक राष्ट्रिय पुनरावलोकन प्रतिवेदनमा समावेस गरिने राष्ट्रिय योजना आयोगका माननिय सदस्य मिन वहादुर शाहीले बताए ।
उनले अगाडी भने, आगामी जुलाई ७ देखी १६ सम्म संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उच्चस्तरिय राजनीतिक मंचमा प्रस्तुत गरिने सरकारको प्रतिवेदनमा नागरिक समाजले तयार गरेको स्वेच्छिक राष्ट्रिय पुनरावलोकन प्रतिवेदनलाई अनुसुुचिमा राख्न सकिन्छ ”।
युथ एड्भोकेसी नेपालको संयोजन तथा भिएसओ नेपाल, नेपाल दिगो विकास मंच, युएनभी, एक्सन एड नेपाल, ग्रासरुट्स डिभलेपमेन्ट फाउन्डेसन, रेस्टलेस डिभेलपमेन्ट नेपाल, राष्ट्रिय अपाङ्ग युवा संञ्जाल नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको विद्यार्थी मंच नेपाल लगाएत ६० वटा भन्दा वढी समाजिक संघ संस्थाको सहकार्यमा नेपालैभरी आयोजना भएको वहुपक्षिय संवाद, लक्षित समुदायसँगको छलफल, कलेज कार्यशाला लगाएतका कार्यक्रममा एक हजार भन्दा वढी युवाहरु सहभागी भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए ।

दलित, मधेसी, जनजाती, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, राउटे, चेपाङ्ग, राजवंसी, मुस्लिम लगायतका अल्पसंख्यक तथा सिमान्तकृतहरुको आवाजहरुलाई सरकारले निर्माण गरिने प्रतिवेदनमा समावेस गर्नुपर्नेमा युवाहरुको जोड थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
