काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन राष्ट्रिय यूवा संघ नेपालले कलंकी क्षेत्रका बेरोजगार विद्यार्थीहरुलाई राहात वितरण गरको छ। युवा संघले अध्यनका लागि बाहिरी जिल्लाबाट काठमाडौँ आएर बसेका युवा विद्याथीहरुलाई खाद्य्यान्न सहयोग गरेको हो।
युवा संघका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य किरण पौडेल र रमेश आर्याले उक्त राहत वितरण गरेका हुन्।

कलंकी क्षेत्रका समाजसेवी दिलकृष्ण सुधाकरको सहयोगमा खाद्यान्न वितरण गरिएको राष्ट्रिय युवा संघका स्थानीय नेता सुजन केसीले नयाँ पुस्तालाई बताए । उनले भने, हामीले बाहिरी जिल्लाबाट अध्यनका लागि काठमाडौँमा आएर बसेका र लकडाउनसँगै रोजगारी नभएका युवा विद्यार्थीहरुलाई सानै भएपनि खाद्यान्न सहयोग गरेका हौँ । यत्ति भएपनि उहाँहरुलाई केही सहयोग हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)