काठमाडौं । स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमित भेटिएको छ ।
स्याङ्जाको आँधिखोला गाउँपालिकामा ४ जना र कालिगण्डकी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
यो सँगै स्याङ्जामा कोरोना सङ्क्रमितको संख्या ७३ पुगेको छ भने गण्डकी प्रदेशमा ३२४ पुगेको छ ।
संक्रमित व्यक्तिहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टिनमा बसेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
