काठमाडौँ १३ मा प्रहरी नै लगाएर राहत वितरण

काठमाडौं । काठमाडौ बाफलका समाजसेवी ताराबहादुर कुँवरले लकडाउनमा समस्यामा परेका नागरिकलाई निरन्तर राहत वितरण गर्दै आएका छन्।

उनले सोमबार आठौ चरणको राहतस्वरुप चामल र दाल, तेल, चिनी, साबुनलगयतका सामग्री वितरण गरेका छन् ।

Advertisement

सधैजसो शनिबार राहत वितरण गर्ने उनले यसपालि भने सोमबारमात्र वितरण गरेका हुन् । कार्यक्रममा काठमाडौं ८ का प्रतिनिधिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, काठमाडौ महानगरपालिका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, वडा सदस्य रामबाबु कोइरालालगायतको सहभागिता थियो।

कुँवरले सोमबार १ सय ५० परिवारलाई राहत वितरण गर्दा उनीबाट राहत पाउनेको संख्या ७ सयभन्दा बढी पुगेको छ।

सामाजिक अभियन्ता र व्यवसायी उनले समाजका हरेक क्रियाकलापमा चासो राख्दै समस्या परेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन्।

कोरोना भाइरसको त्रासका कारण मानिसको जनजीवन संकटपूर्ण बन्दै गएपछि उनले कुनै पनि नागरिकले खान नपाउने अवस्था नआओस् भनेर सहयोग गरेको बताउँछन्।

सामान्य व्यवसाय गर्दै आएका उनी आफूसँग प्रशस्त धन सम्पत्ति भएर भन्दा पनि नागरिकलाई सहयोग गर्नुपर्छ भनेर लागेको बताउँछन्। उनले सबैलाई १० केजी चामल दिएका छन् भने केहीले अन्य खाद्य सामग्री पनि पाएका छन्।

कार्यक्रममा सांसद श्रेष्ठले स्थानीय तहले पनि राहत वितरण गरिहेको बताए । उनले यस किसिमका सामाजिक भावना बोकेका मानिसले राहत वितरण गर्नु प्रशसनीय र उदाहरणीय भएको बताए।

राहत वितरण गरेको प्रत्येक दिन मानिसको संख्या बढ्दै गएकाले व्यवस्थापनामा समस्या परेको भएपनि आफ्नो अभियान निरन्तर चलिरहने बताउँछन्।

सोमबारको कार्यक्रममा मानिसको घुँइचो बढी भएपछि कालिमाटी प्रहरीको सहयोग लिनुपरेको थियो । सुरुमा आफ्नै प्रयासबाट एक्लै लगानी गरेपनि अहिले यो अभियान चलाउन अहिले विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएकोमा उनले सहयोगीलाई धन्यवाद दिएका छन्। कुँवरले सहयोगी मनहरु अझै पनि उत्साहित भएको जनाएका छन्।

राहत वितरणको तस्विर फेसबुकमा राखेपछि अरुलाई पनि हौसला पुग्छ भन्ने सोचेका उनले फेसबुकमा फोटो हालेर राम्रो काम गरेको बताए।

कहिलेकाँही आफूमाथि भएका आलोचनालाई पनि उनी स्वभाविक मान्छन् र आफ्नो जस्तो गरेर देखाउन पनि आग्रह गर्छन्।

More News last news
Loading...