स्याङ्जामा तीन दिन क्वारेन्टीनमा बसेर घर फर्केका एकको मृत्यु, स्वाब रिर्पोट ‘नेगेटिभ’

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकामा तीन दिन क्वारेन्टीनमा बसेर घर फर्केका एक जनाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निधन भएको छ ।

गत जेठ १३ गते भारतको सुनौली नाका हुँदै स्याङ्जा प्रवेश गरेका फेदीखोला गाउँपालिकाका वडा नं २ निवासी खड्कबहादुर कार्कीलाई जेठ १४ गतेबाट गाउँपालिकाको क्वारेन्टीनमा राखिएको थियो । ‘ गत शुक्रबार (जेठ १७ गते) स्वाब रिर्पोटमा नेगेटिभ आएपछि डाक्टरहरुको सल्लाहमा उहाँलाई घर पठाईएको थियो, तर घर जाँदै गर्दा बाटामै बेहोस भएपछि पालिकाकै सवारी सधानमा राखेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याईएको हो ’ फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले नयाँपुस्तासँग भने ।

Advertisement

अस्पताल पुर्‍याएपछि उनको उपचारकै क्रममा आईतबार राती करिब १० बजे उनलाई मृतक घोषणा गरिएको थियो । उनको निधन पश्चात गरिएको स्वाब रिर्पोट समेत नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । यसैबीच गाउँपालिका अध्यक्ष सुवेदीले एक बिज्ञप्ती जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीको निधन कोरोनासँग सम्बन्धित नभएको प्रष्ट पार्दै त्रसित नहुन आग्रह गरेका थिए ।

गाउँपालिकाले वढ्दो कोरोना जोखिमलाई मध्यनजर गर्दै बाहिरबाट आउने व्यक्तिहरुको निगरानी र स्वास्थ्यमा समस्या देखिदासाथ पालिकामा सम्पर्क गर्नका लागि आह्वान समेत गरेको छ । पारिवारिक स्रोतका अनुसार मृतक कार्की उच्च रक्तचाप र मुटुरोगीको बिरामी समेत रहेका थिए ।

More News last news
Loading...