लकडाउनमै नेबिसंघको प्रशिक्षण, वरिष्ठ नेता पौडेल सहित दर्जनौ नेताले दिए प्रशिक्षण

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेबिसंघ) तनहुँले १५ दिने अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना त्रासबाट जारी लकडाउनमा घरमै बसेका विद्यार्थीहरुको समय सदुपयोग गर्दै जिल्ला स्तरका नेताहरुलाई प्रशिक्षित गर्नका लागि संघले १५ दिन लामो अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले प्रशिक्षण दिए ।

Advertisement

समापन समारोहमा प्रशिक्षण दिदैं वरिष्ठ नेता पौडेलले स्थानीय स्तरमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कोरोनाका कारण अहिले सबै मानिस गाउँ फर्कनुपर्ने अवस्था आएको भन्दै पौडेलले भने,“‘शहरमा रोजगारी खोसिएका मानिस गाउँमा आएका छन, गाउँमा पुगेको जनशक्तिलाई अब गाउँमै बसुँबसुँ लाग्ने बनाउनुपर्छ ।”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, पुर्व स्वास्थ्यमन्त्री एवं साँसद गगन कुमार थापा, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्यहरु धनराज गुरुङ, शंकर भण्डारी, बद्री पाण्डे, गोविन्द भट्टराई, जीवन परियार, प्रदीप पौडेल, तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपाने, महासमिति सदस्य देवराज चालिसे, राजनीतिक विश्लेषक रमेश अधिकारी, रोजी कट्टेल, योजना आयोगका पुर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, कार्यबाहक सभापति जितप्रकाश आले, नेपाल विद्यार्थी संघका सभापति राजिव ढुङ्गाना, महामन्त्रीद्धय युबराज पाण्डे, दिपक भट्टराईले प्रशिक्षण दिएका थिए ।

वैशाख २२ गतेबाट शुरु भएको प्रशिक्षण कार्यक्रममा तनहुँबाट मात्र करिब १०० बढी प्रशिक्षित भएको नेबिसंघ तनहुँका अध्यक्ष चुडामणी खनालले नयाँपुस्तालाई बताए । कार्यक्रममा छिमेकी जिल्लाका विद्यार्थी नेताहरु पनि सहभागी भएको उनले जानकारी दिए ।

More News last news
Loading...